विद्यार्थीबाट घुस लिँदालिँदै शिक्षक पक्राउ! click on link to read more

विद्यार्थीबाट घुस लिँदालिँदै शिक्षक पक्राउ

दाङ घोराहीको रझेनामा रहेको श्री माध्यमिक विद्यायका शिक्षक १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षामा उत्तिर्ण गराइदिने भन्दै विद्यार्थीबाट लिएको १० हजार रुपैयाँ घुससहित शिक्षक गणेश केसी पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले केसीलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । केसीलाई घुस लिइसकेको अवस्थामा घोराही उपमहानगरपालिका–१५ बाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
CLICk HERE - for more posts

Comments

Popular Posts