कञ्चनपुरका कक्षा १२ मा पढ्ने विद्यार्थी सुरज लेखकले सुसाइड नोटमा शिक्षक हरिलाल जोशीलाई कारण देखाउदै आत्महत्या गरे
बिचरा Teacher !
कञ्चनपुरका कक्षा १२ मा पढ्ने विद्यार्थी सुरज लेखकले सुसाइड नोटमा शिक्षक हरिलाल जोशीलाई कारण देखाउदै आत्महत्या गरेछन ।
आत्महत्या गर्न उत्साहित गरेको भन्दै शिक्षक विरुद्ध प्रहरीमा उजुरी पनि परेछ । हाल ति शिक्षकमाथि अनुसन्धान भरहेको छ र उनी सो कलेजबाट समेत हटाइएका छन् ।
विषयवस्तु त्यति ठुलो थिएन, कक्षा छोडेर होटलमा चुरोट पिउदै गरेको देखेपछि शिक्षकले अफिसमा बोलाएर केवल सचेत गराएका थिए, सम्झाएका थिए, कुटपिट, यातना केही दिएका थिएनन् । तर त्यति सानो कारणले मात्र आत्महत्या गरे होलान् भनेर पत्याउन कठिन छ ।
आजका दिनमा विद्यार्थीलाई पढाउन निकै गाह्रो छ । आजका शिक्षक हिजोको गुरु बन्न खोज्नु नै गलत हो । शिक्षक केवल पढाउने अनि तलब खाने मान्छे बने पुग्छ । विद्यार्थीलाई सम्झाउन खोज्दा नसोचेको परिस्थिति आइपुग्छ । एकातिर कुटाइ खाइने डर हुन्छ, अर्कोतिर नचाहिने आरोप लगाइने र फसाइने खतरा रहन्छ ।
विद्यार्थीको ब्यक्तिगत कुरामा चासो राखेर सुधार्न खोज्ने, सही दिशानिर्देश गर्न खोज्ने व्यक्तिले नराम्रो परिणाम भोग्नुपर्छ । कसैले जाँडरक्सी खाअोस, लागू पदार्थ सेवन गरोस्, जुवा तास खेलोस, गुण्डागर्दी गर्दै हिडोस, चोरी डकैती गरोस्, स्कुल नअाएर डेटिङ जाअोस, सानै उमेरमा माया पिरतीको दुष्चक्रमा फसोस, त्यो अब शिक्षकको चासोको विषय रहेन । ती सब अब विद्यार्थीको निजी मामिला रहे, सल्लाह दिन खोजे, व्यक्तिको निजी मामिलामा हस्तक्षेप गरेको ठहरिन्छ ।
समय फेरियो, परिस्थिति बदलियो, हाम्रो विद्यार्थी कालमा केहि कतै झुक्किएर सानो गल्ती गरेपनि शिक्षकले सचेत गराइहाल्थे ।
कञ्चनपुरको घटनाबाट हरेकले पाठ सिक्न जरुरी छ, दशा बाजा बजाएर आउदैन ।
कञ्चनपुरको घटनाबाट हरेकले पाठ सिक्न जरुरी छ, दशा बाजा बजाएर आउदैन ।
विद्यार्थीको भविष्यको बारेमा चिन्तित भएर सही बाटोमा हिडाउन खोजे वित्थामा फसिने डर छ । म आफैले नि यस्ता धेरै कुरा बेहोरेको छु र पाठ सिकेको छु । तोकिएको कक्षामा जाँउ, खुरुखुरु पढाँउ, अरु दायाँबायाँ किन सोच्ने, खोज्ने । My life, My Choice को जमानामा किन हस्तक्षेप गर्ने ? होइन त ?




Comments
Post a Comment
you may drop your comments regarding your post